Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १६ २०८२
  • 931
    SHARES

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा गएको पहिरो र लेदोले गर्दा राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । यसले गर्दा पूर्वबाट काठमाडौं आउने र काठमाडौंबाट पूर्व जाने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार, राजमार्गको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा ठूला पहिरो खसेका छन् । त्यसैगरी, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतका स्थानमा लेदो माटोले सडक ढाकेको छ । विशेष गरी, माम्तीको तल्लो भेगमा गत असोजमा सडक बगेर बनाइएको डाइभर्सनमा लेदोसहितको बाढी पसेकाले समस्या थप जटिल बनेको छ ।

राजमार्ग खुलाउनका लागि आवश्यक पहल भइरहेको भए पनि, ठूलो मात्रामा खसेको पहिरो र लेदो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । सडकको अवस्था सामान्य नभएसम्म यात्रा जोखिमपूर्ण हुने भएकाले प्रहरीले यात्रुहरूलाई सडकको जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४