Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कार्कीले डाकिन् ७ दलका शीर्ष नेता, तोडिएला चुनावी गतिरोध ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ५ २०८२
  • 3.8K
    SHARES

काठमाडौं । मुलुकको राजनीतिक सरगर्मी बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा आज (मंगलबार) प्रमुख सात राजनीतिक दलका नेताहरूसँग महत्त्वपूर्ण छलफल गर्दै छिन् । फागुन २१ गतेका लागि निर्धारित निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीले एकैसाथ सबै प्रमुख दलका प्रतिनिधिसँग सामूहिक वार्ता गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, दिउँसो ४ बजेका लागि तय भएको यस छलफलमा राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विभिन्न दलका नेताहरूसँग अलग-अलग भेटवार्ता गरे पनि निर्वाचन तयारीका विषयमा संयुक्त रूपमा छलफल गर्न लागेको यो पहिलो पटक हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका प्रमुख दलका नेताहरूको सहभागिता रहनेछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार जेनएजी आन्दोलनपछि हटेर कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएयता यस सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने मुख्य म्यान्डेट पाएको छ ।

निर्वाचन तयारीका विषयमा सरकारले दलहरूसँग पर्याप्त छलफल नगरेको भन्दै पछिल्लो समय राजनीतिक वृत्तमा आलोचना बढिरहेका बेला प्रधानमन्त्रीले यो कदम चालेकी हुन् । यस छलफलले निर्वाचनको वातावरण थप सौहार्दपूर्ण बनाउन र दलहरूबीच साझा धारणा निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, छलफलका लागि सबै दललाई औपचारिक पत्र पठाइनुका साथै फोनमार्फत समेत जानकारी गराइएको छ । सञ्चारमन्त्री जगदीश खरेलले सातै दलका नेताहरूलाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराइसकेका छन् ।

0

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४