Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै, सिंहदरबारमा भव्य तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २९ २०८२
  • 3.1K
    SHARES

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो पदभार ग्रहण गर्ने भएकी छन् । शुक्रबार शपथग्रहणपश्चात् विभिन्न कारणले पदभार ग्रहणको कार्यक्रम रोकिएकोमा, आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले औपचारिक रूपमा कार्यभार सम्हाल्ने भएकी हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीको पदभार ग्रहणका लागि गृह मन्त्रालयको नवनिर्मित भवनमा विशेष तयारी गरिएको छ । अत्याधुनिक सुविधासहितको यस भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन् ।

शुक्रबारको शपथग्रहण समारोहमा भएको ढिलाइले पदभार ग्रहणको कार्यक्रम सारिएको थियो । देशको असहज परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीसामु चुनौतीका चाङहरू रहेका छन् । तर, उनले दृढताका साथ मुलुकलाई सही दिशामा डोऱ्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यसैबीच, आन्दोलनका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्षति पुगेकाले प्रधानमन्त्री कार्की हाल आफ्नै निजी निवासमा बसिरहेको बुझिएको छ । यद्यपि, यसले उनको कार्यसम्पादनमा कुनै असर नपर्ने र उनी राष्ट्रसेवामा पूर्ण रूपमा समर्पित रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४