Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा पिसिआर रिपोर्ट ढिला आएको प्रती नेपाली कांग्रेस सम्पर्क समितिको आपत्ती ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०७७
  • 11.6K
    SHARES

रामेछापमा पिसिआर रिपोर्ट ढिला आएको प्रती नेपाली कांग्रेस सम्पर्क समितिको आपत्ती ।

जन न्युज नेपाल खवर नमुना दहाल कार्की ।

 

२०७७ भाद्र ११ बिहिवार । दिनप्रतिदिन कोरोना संक्रमण फैलदै गएको भन्दै नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिले सबैलाई सचेत रहन अनुरोध गरेको छ ।

रामेछाप सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठले रामेछाप जिल्ला कोरोना खतराको सुचिमा रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले जिल्लाबाट संकलित स्वाबको पिसिआर रिपोर्ट एकदमै ढिला आएको प्रती असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठले भने ” एति खतरापूर्ण संक्रमणको पनि जिल्लामा रिपोर्ट आउन दशौं दिन लाग्ने गरेको छ यसबाट सरकार र सम्बन्धित निकाय कति गैरजिम्मेवार र निकम्मा छ भन्ने प्रष्ट हुन्छ” ।

“यसबेला सरकारले कोरोना परिक्षण तिब्र बनाइ भेन्टिलेटर सहितका कोरोना अस्पताल , समुदायमा क्यारेन्टिन र आइसुलेसनको ब्यबस्थापन गर्नुपर्नेमा लकडाउन र निषेधाज्ञाको अस्त्र मात्र रोग नियन्त्रणका लागि प्रयोग गरेको जस्तो देखियो यो दु:खद पक्ष हो यसबाट मात्र कोरोना परास्त हुन अब सम्भव छैन श्रेष्ठले भने परिक्षण रिपोर्ट ढिला आउँदा धेरै समस्याहरु देखिएका छन् । समुदाय उच्च- जोखिममा रह्यो । संक्रमण झनै फैलने खतरा बढ्यो त्यसैले धेरै भन्दा धेरै पिसिआर परिक्षण छिटोभन्दा छिटो परिक्षण रिपोर्ट उपलब्ध गराउन हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

उनले “कोरोना विरुद्ध जुटेर हैन छुटेर लड्नु राम्रो रहेको भन्दै सबैलाई लकडाउन र निषेधाज्ञाको पुर्ण पालना गरि घरमा बस्न अनुरोध गरेका छन् साथै नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समिति कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्रमणबाट दिवंगतहरुको आत्मा चिर शान्तिको कामना गर्दछ ।” अध्यक्ष श्रेष्ठले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४