Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ४ २०८२
  • 2.8K
    SHARES

काठमाडौँ । मनसुनलाई सक्रिय बनाउने न्यून चापीय रेखा आफ्नो औसत स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहँदा देशका विभिन्न भागमा वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, हाल कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा मौसम सामान्यतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी इलाकाका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति भने मौसममा केही परिवर्तन देखिनेछ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। भारी वर्षाले ती क्षेत्रहरूमा बाढी, पहिरो तथा भूक्षयको जोखिम बढाउन सक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४