Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ, कांग्रेसभित्रै विद्रोहको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २८ २०८२
  • 5.9K
    SHARES

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँले सोही धाराको उपधारा (४) अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार यो प्रक्रिया अघि बढाएका हुन् ।

गत साउन २० मा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६४ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँका लागि यो विश्वासको मत संवैधानिक औपचारिकता मात्र हुनुपर्ने हो । ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५६ मत आवश्यक पर्छ, जबकि सत्ता गठबन्धनसँग ६४ सांसद छन् । नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसद रहेकाले सरकार सहज बहुमतमा देखिन्छ ।

यद्यपि, मुख्यमन्त्री बानियाँलाई आफ्नै दलभित्रको आन्तरिक कलहले चुनौती थपिदिएको छ । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका करिब १४ जना सांसदले विश्वासको मत नदिने चेतावनी दिएका छन्, जसले गर्दा बानियाँको मुख्यमन्त्री पद जोखिममा पर्न सक्ने देखिएको छ । लामा पक्षले मन्त्रिपरिषद् विस्तारमा आफ्नो समूहलाई बेवास्ता गरिएको र पूर्वसहमति कार्यान्वयन नभएको आरोप लगाएको छ ।

यसअघि, सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)ले आ-आफ्ना सांसदहरूलाई मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । दुवै दलले साउन २४ गते नै सूचना जारी गर्दै अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन निर्देशन दिएका हुन् । दलीय व्यवस्थामा ह्विप उल्लंघन गरेमा सांसद पद नै खारेज हुन सक्ने कानुनी व्यवस्थाका कारण सांसदहरूले ह्विप मान्नेमा मुख्यमन्त्री बानियाँ विश्वस्त देखिन्छन् ।

कांग्रेसभित्रको शक्ति संघर्षकै कारण बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बानियाँले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४