कोरोना भाइरस {कोभिड -१९ } ले विभिन्न देशमा रोजगारीका लागी गएका युवाहरुलाई पारेको असरबारे योगेश श्रेष्ठसंग गरिएको कुराकानी जन आवाज टेलिभिजनमा !
जन न्युज नेपाल खवर :
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस ( कोभिड–१९) को त्रास अहिले विश्वव्यापी बनिसकेको छ । कोरोना भाइरसले विश्व नै आक्रन्त बनाएपछि अहिले विभिन्न देशमा रोजगारीका लागी गएका नेपाली अलपत्र परेका छन् । अलपत्रमा परेका नेपाली लाई उद्धार गर्ने भन्दै सरकारले जहाज चार्टर्ड गरेको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपाली लाइ राष्ट्रिय ध्वजाबाहक जहाज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानी तथा हिमालय एयरलाइन्सका जहाज प्रयोग हुने भएका छन् । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको भएता पनि यसको भने चौर्तफि विरोध हुन थालेको छ । विदेशिनु नेपालीको बध्यता भए पनि सरकारले रिमिटेन्स लाई मात्र हेर्ने गरेको र लाखौ खर्च गरेर गएका युवाले फेरि लाखौ खर्च गर्न नसक्ने हुदा यसलाई सरकारले योजना र कार्यक्रम बनाएर ल्याउनु पर्नेमा उल्टो उनीहरुलाई मर्कामा पारेको रामेछाप तरुणदलका कोष अध्यक्ष योगेश श्रेष्ठ बताउन्छन् ।
सरकारले विदेशबाट फकेका युवाहरुका लागीे पुँजी र सीपको, क्षमता अनुरुप वातावरण बनाइ दिनु पर्नेमा उल्टो आफनै टिकटदेखि लिएर सम्पुर्ण खर्च आफै गर भन्नु उचित नरहेको र राज्यले युवाको उचित सम्बोधन गर्न नसकेको उनले बताए
नेपाली युवा विभिन्न देशमा छरिएर रहेका छन् । उनीहरू कहाँ र कसरी र कुन अवस्थामा छन् सरकारले ध्यान दिन भन्दा उनीहरुको मनबल गिराउने काम गरेको हुदा यस तर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।
क्यामेरामा निर्जन महतका साथमा जन आवज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।