Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्मानित व्यक्तित्वबाटै बखेडा, पार्टी अध्यक्ष पदमा आँखा लगाइयो : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १२ २०८२
  • 1.2K
    SHARES

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको हालको विवादलाई ‘सानो हावाको झोक्का’ को संज्ञा दिँदै यसबाट विचलित नभई ‘मिसन ०८४’ लाई अर्जुनदृष्टि बनाएर सङ्गठन निर्माणमा लाग्न कर्णाली प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग भएको तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले एमाले ठूला-ठूला आँधीबेहरी र तुफानको सामना गरेर आएको पार्टी भएकाले यस्ता सामान्य झोक्काले कुनै असर नपार्ने स्पष्ट पारे । हालै सम्पन्न पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णाली प्रदेशले प्रदर्शन गरेको एकताको प्रशंसा गर्दै उनले पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकाका लागि धन्यवाद ज्ञापन गरे ।

बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीका अनुसार, अध्यक्ष ओलीले पार्टीभित्रको अस्थिरता नियोजित भएको सङ्केत गरेका थिए । ‘राष्ट्रिय राजनीतिमा पार्टीले लिएको अडान र सरकारले गरेका लोकप्रिय कामबाट अत्तालिएका शक्तिहरूले पार्टीभित्र अस्थिरताको हावा चलाएका हुन्,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बोगटीले भने, ‘तर यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिङ्गो एमालेका लागि दुःखद कुरा हो ।

अध्यक्ष ओलीले पार्टीले देशकै अभिभावकका रूपमा स्थापित गरेको उच्च व्यक्तित्वबाटै सदस्यता जस्तो विषयमा बखेडा झिकिनु र पार्टी अध्यक्ष पदमा आँखा लगाइनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने, ‘लामो राजनीतिक सङ्घर्षको उपलब्धिस्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा रहनुपर्ने व्यक्तिले एउटा सदस्यताको विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।

अध्यक्ष ओलीले अबको सम्पूर्ण ध्यान र ऊर्जा ‘मिसन ०८४’ मा केन्द्रित गर्न नेताहरूलाई आह्वान गरेका छन् । ‘तपाईँहरू यो अलमलमा नपर्नुहोस्, आ-आफ्नो भूगोल र क्षेत्रमा पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्,’ उनले निर्देशन दिए, ‘कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्ति बनाउने एकसूत्रीय लक्ष्यका साथ अघि बढ्नुहोस् ।

आफूले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न खोज्दा चौतर्फी घेराबन्दीमा पारिएको उनको भनाइ थियो । छलफलका क्रममा कर्णालीका नेताहरूले प्रदेशको साङ्गठनिक अवस्था र ‘समृद्ध कर्णाली’ निर्माणका लागि सरकारले लिनुपर्ने प्राथमिकताका विषयमा अध्यक्ष ओलीसमक्ष आफ्ना धारणा राखेका थिए । इन्चार्ज बोगटीका अनुसार, कर्णालीका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउँदै ‘मिसन ०८४’ मार्फत देशकै पहिलो राजनीतिक शक्ति बनाउन अध्यक्ष ओलीको नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका थिए । नवौँ केन्द्रीय कमिटी बैठकपछि अध्यक्षसँग यस किसिमको गहन छलफल गर्ने कर्णाली पहिलो प्रदेश बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४