Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण उपत्यकामा २३२ पुष्टि, कुन ठाउमा कति संख्या सहित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ९ २०७७
  • 8.7K
    SHARES

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण उपत्यकामा २३२ पुष्टि, कुन ठाउमा कति संख्या सहित

 

 काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७/१७ जना, सुनसरी र कैलालीका १६/१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९/९ जना संक्रमित भएका छन् ।

धादिङ र नवलपरासीका ८/८ जना, तनहुँ र बार्दियाका ६/६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५/५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४/४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३/३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २/२ को रिपोर्ट पनि पोजेटिभ आएको छ । उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १/१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४