Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २९ २०८२
  • 1K
    SHARES

काठमाडौं । देशभर मनसुन पुनः सक्रिय बनेको छ, जसका कारण अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा थोरै उत्तरतिर सरेकाले मनसुनी गतिविधि बढेको हो । आइतबार बिहानैदेखि देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आइतबार दिनभर देशभरको मौसम सामान्यतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि पूर्वानुमान गरिएको छ ।

सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहनेछ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ । नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएकोले महाशाखाले सम्भावित विपत्तिबाट जोगिन आवश्यक पूर्वतयारी गर्न, यात्रामा विशेष सावधानी अपनाउन तथा नदी किनार र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४