Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०८३
  • 152
    SHARES

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो। प्रतिवेदनमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सीआईबी स्रोतले जनाएको छ।

सीआईबीले गरेको अनुसन्धान अनुसार उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको छ। यसअघि सीआईबीले गत असोज २ गते एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई नियन्त्रणमा लिएको थियो।

ती दुई जना पक्राउ परेलगत्तै अध्यक्ष नेम्वाङ र महासचिव राई भने सम्पर्कविहीन बनेका छन्। एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत ‘होम गेम’ बिक्री गरेको, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अवज्ञा गर्दै अवैध भत्ता वितरण गरेको तथा महिला साफ च्याम्पियनसिपका क्रममा होटल दररेटमा कमिसन र भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको थियो।

यसका साथै बिनास्वीकृति मनोमानी रूपमा वैदेशिक भ्रमण गरेको, अनुदान रकमको दुरुपयोग गरेको र अनावश्यक पद सिर्जना गरी नियुक्तिहरू दिएको विषयमा पनि छानबिन अघि बढाइएको थियो।

त्यसैगरी, प्रचलित कानुनविपरीत टेन्डर आह्वान गरिएको तथा विभिन्न प्रतियोगिताहरूको मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ अधिकार दिँदा अनियमितता गरिएको उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो । एन्फाभित्र तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गत जुन २४ देखि नै संस्थालाई निलम्बनमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४