Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद्मा बेपत्ता व्यक्तिको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०८३
  • 266
    SHARES

काठमाडौं । जलवायु परिवर्तनका कारण उत्पन्न विपद् र त्यसबाट बेपत्ता भएका व्यक्तिहरूको मृत्यु दर्तासम्बन्धी कानूनी जटिलता फुकाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘फास्ट ट्रयाक’ मार्फत कानून संशोधनको प्रक्रिया अघि बढाउने भएको छ ।

सिंहदरबारमा मंगलवार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सहसचिव शुभाषकुमार भट्टराईले विद्यमान कानूनमा रहेका प्रक्रियागत झन्झटले विपद् प्रभावित परिवारलाई परेको मर्कालाई सम्बोधन गर्न कानून संशोधन अपरिहार्य भएको बताउनुभएको हो ।

सहसचिव भट्टराईले विपद्मा परेका व्यक्तिहरूको कानूनी हैसियत र मृत्यु दर्तासम्बन्धी समस्या समाधानका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

हालको मुलुकी देवानी संहितामा व्यवस्था गरिएको प्रक्रिया लामो र झन्झटिलो हुँदा बेपत्ता परिवारले राहत र अन्य कानुनी सुविधा पाउन कठिनाइ भइरहेको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै गृह मन्त्रालयबाट प्राप्त ‘विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन’ र ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन’ संशोधनको प्रश्तावलाई कानून मन्त्रालयले प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको छ । संसद अधिवेशन नभएको अवस्थामा पनि यसलाई कसरी छिटो टुंग्याउने भन्नेबारे छलफल भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाल बेपत्ता नागरिकको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था पर्याप्त नभएकाले गृह मन्त्रालयसँगको समन्वयमा सम्बन्धित ऐन संशोधनको प्रक्रिया अघि बढाइएको छ । यसलाई आवश्यकताअनुसार फास्ट ट्र्याकबाट अघि बढाउने तयारीमा छौँ । दीर्घकालीन रूपमा जलवायु परिवर्तन र विपद्का असरलाई सम्बोधन गर्न विपद् व्यवस्थापन, वातावरण संरक्षण, भू–उपयोग तथा पूर्वाधारसम्बन्धी कानूनमा आवश्यक सुधार गर्नुपर्ने देखिन्छ । यस विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक कानूनी सुधारका लागि सुझाव र प्रक्रिया अघि बढाइनेछ । कानून मन्त्रालयको भुमिका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक कानुन निर्माण तथा संशोधनमा सहजीकरण गर्ने हो। यस विषयमा मन्त्रालय सक्रिय रूपमा समन्वय गरिरहेको छ ।’

सहसचिव भट्टराईकाअनुसार जलवायु परिवर्तनको दीर्घकालीन असरलाई व्यवस्थापन गर्न विभिन्न मन्त्रालयसँग समन्वय गरी कानूनी सुधारको आवश्यकता छ । यसका लागि वातावरण संरक्षण ऐनमा संशोधन वा आवश्यकता अनुसार छुट्टै जलवायु परिवर्तनसम्बन्धी ऐन निर्माण गर्ने विषयमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ ।

साथै, जग्गाको जोखिमका आधारमा वर्गीकरण गरी उपयोग गर्न भू–उपयोग ऐन र पूर्वाधार सुरक्षासँग सम्बन्धित कानुनहरूमा सुधार गर्न सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरिने उनको भनाइ छ ।

हाल कानून मन्त्रीको संयोजकत्वमा गठित विशेष समितिले कानुन सुधारका लागि विभिन्न मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरिरहेको छ । सरकारले कानून निर्माणमा समन्वयकारी भुमिका निर्वाह गर्दै जलवायुजन्य विपद्बाट सिर्जित समस्यालाई कानूनी रूपमै स्थायी समाधान खोज्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४