Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामहरि खतिवडाको सहमहामन्त्रीमा उम्मेदवारी, साथ र सहयोगका लागि अपिल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०८३
  • 532
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। यसअघि महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहनुभएका खतिवडाले नेता तथा कार्यकर्तासँगको छलफल र सुझावपछि सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको हो।

खतिवडाले पार्टीभित्रको समन्वय, सहमति र एकतालाई प्राथमिकता दिँदै सबैलाई समेटेर नेपाली कांग्रेसलाई अघि बढाउने आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले विगतमा पार्टीबाट बाहिरिएका नेता तथा कार्यकर्तासहित देशभरका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

१५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि विभिन्न नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्। कांग्रेसको नयाँ सांगठनिक संरचनामा विभिन्न समुदाय, क्षेत्र तथा समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

यसै सन्दर्भमा रामहरि खतिवडाको सहमहामन्त्री पदको उम्मेदवारीलाई साथ, सहयोग र शुभेच्छा प्रदान गर्न सबै नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरिएको छ।

खतिवडाले महाधिवेशनले युवा, महिला, दलित, जनजाति, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी तथा पिछडिएका समुदायमा नयाँ उत्साह सिर्जना गरेको बताउँदै कांग्रेसलाई अझ समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सहमहामन्त्री पदका उम्मेदवार रामहरि खतिवडालाई यहाँहरूको अमूल्य साथ, सहयोग र शुभेच्छाका लागि हार्दिक अपिल।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४