Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो छ : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०८३
  • 665
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका सभापति ले संसद र समाजमा ‘खुला मञ्च’ को खाँचो रहेको बताउनुभएको छ ।

आईतवारबाट काठमाडौंको खुला मञ्चमा शुरु भएको पार्टीको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताउनुभएको हो । थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा आवश्यक छन् । सबैभन्दा पहिले, खुला मञ्च संसद्भित्र चाहिएको छ । संसद् त्यतिबेला मात्र साँच्चिकै खुला हुन्छ, जब आफूलाई प्रधानमन्त्री बनाउने र नबनाउने सबै सांसदप्रति, संसद्को गरिमा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको उत्तरदायी उपस्थिति रहन्छ । त्यसैगरी, समुदायका बीचमा पनि खुला मञ्च चाहिएको छ ।

पहाडले मधेसका बारेमा होइन, पहाड र मधेसबीच संवाद हुनुपर्छ । एउटा जातले अर्को जातका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा धर्मले अर्को धर्मका बारेमा होइन, एक–अर्कासँग संवाद गर्नुपर्छ । एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने होइन, पुस्ताहरूबीच संवाद हुनुपर्छ । राज्य र नागरिकबीच पनि खुला संवादको मञ्च आवश्यक छ । डिजिटल प्लेटफर्ममा पनि केवल प्रतिक्रिया र आरोप–प्रत्यारोप होइन, तथ्य, तर्क र विचारले स्थान पाउने खुला मञ्च निर्माण गर्नुपर्छ । खुला संवादबाटै लोकतन्त्र बलियो हुन्छ ।’

सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाउनु भयो । उहाँले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४