Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविलाई गगनको जवाफ: कांग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन्


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १८ २०८३
  • 361
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रहेका धेरै नेता तथा कार्यकर्ता विगतमा कांग्रेसको मञ्चमा प्रशिक्षित भएका व्यक्तिहरू रहेको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले रास्वपाको नेतृत्वदेखि तल्लो तहसम्म कांग्रेसमा राजनीतिक संस्कार सिकेका व्यक्तिहरू रहेको टिप्पणी गरेका हुन् ।

उनले रास्वपामा रहेका ४० देखि ५० जनासम्म व्यक्ति कांग्रेसको प्रशिक्षणबाट गएका व्यक्तिहरू भएको दाबी गरे ।

‘संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुगेका छन्,’ थापाले भने, ‘रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ ।’

रास्वपामा गएका पूर्वकार्यकर्ताप्रति कांग्रेसलाई कुनै गुनासो नरहेको भन्दै उनले आफूहरूले राम्रा कुरा सिकाएर पठाएको बताए ।

‘त्यसैले यसमा पनि हाम्रो कुनै गुनासो छैन, राम्रा कुरा सिकाएरै पठाएका छौँ । म यसभन्दा बढी केही भन्दिनँ,’ उनले भने ।

रास्वपाका उपसभापतिदेखि विभिन्न तहमा रहेका नेताहरूको पृष्ठभूमितर्फ संकेत गर्दै थापाले उनीहरू विगतमा कांग्रेसका कार्यक्रम तथा मञ्चमा सक्रिय रहेको स्मरण गरे ।

रास्वपाको उदय र त्यहाँ पुगेका पूर्वकांग्रेस कार्यकर्ताबारे कांग्रेस सचेत रहेको संकेत गर्दै उनले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४