Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगामा कांग्रेसकाे महाधिवेशन सम्पन्न, कुमार लुईटेल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १६ २०८३
  • 627
    SHARES

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न खुला तथा समावेशी विधाबाट प्रतिनिधिहरू निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमार लुईटेल सर्वाधिक ११०९ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यसैगरी रामहरी खतिवडाले १००० मत, रुद्र प्रसाद अधिकारीले ९२० मत, तेजन खनालले ९१६ मत, उज्जन बुढाथोकीले ९०३ मत, प्रदिप कुमार सुनुवारले ९०१ मत, कमल तामाङले ८९६ मत, नवराज के.सी. ले ७५८ मत, अजय लुईटेलले ७४४ मत र नविन राईले ७३९ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा जित हासिल गर्नुभएको छ ।

महिलातर्फ बाला अधिकारीले सर्वाधिक ८३५ मत प्राप्त गर्नुभएको छ । उहाँसँगै सुनिता अधिकारीले ७७९ मत, सुशिला तामाङले ७५१ मत र विन्दा वोगटीले ७४९ मत ल्याएर विजयी हुनुभएको छ । विषयगत र समावेशी क्षेत्रतर्फ पनि उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।

खिलानाथ दाहालले श्रमिक क्षेत्रबाट ७०३ मत ल्याएर जित दर्ता गराउनुभएको छ । पेशागत विषय विज्ञतर्फ राजकुमार ढुंगानाले ६७१ मत ल्याएर जित हासिल गर्नुभएको छ । ३५ वर्ष मुनिको युवा महिलातर्फ यसोदा कार्कीले ७८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । ३५ वर्ष मुनिको युवा खुलातर्फ रोशन महतराले ७२३ मत र हरिचन्द्र श्रेष्ठले ६५९ मत ल्याएर विजयी हुनुभएको छ ।

अपाङ्गता क्षेत्रबाट गोपालमान थापाले ७२० मत ल्याएर जित हासिल गर्नुभएको छ भने अल्पसंख्यक क्षेत्रबाट रामकुमार सुनुवारले ६८० मत प्राप्त गरी विजयी हुनुभएको छ । दलित क्षेत्रबाट कमल बहादुर वि.क. ले ७४१ मत र होम बहादुर वि.क. ले ७०० मत ल्याएर विजयी हुनुभएको छ । प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व पीडित क्षेत्रबाट बालकृष्ण दाहालले ९२९ मत ल्याएर जित हासिल गर्नुभएको छ ।

आदिवासी जनजाति खुलातर्फ बुद्ध बहादुर तामाङले ७३३ मत, ज्ञानेन्द्र रुम्दालीले ६५६ मत र प्रविण राईले ६३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । आदिवासी जनजाति महिलातर्फ चन्द्रकला तामाङले ८४७ मत, संगिता तामाङले ७८४ मत र पुतलीमाया राईले ७१५ मत ल्याएर जित हासिल गर्नुभएको छ ।

खसआर्य महिलातर्फ लाल कुमारी धमलाले ६९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने खसआर्य खुलातर्फ गोविन्द पौडेलले ८७१ मत र हरि प्रसाद दाहालले ६५३ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा जित हासिल गर्नुभएको छ । निर्वाचन समितिका अनुसार मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ र विजयी उम्मेदवारहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४