Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागलुङमा बाढीपहिरोको क्षति : १२ जनाको मृत्यु, एक बेपत्ता, ६१ घरगोठ बगे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०८३
  • 323
    SHARES

बागलुङ । असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार ६१ घर तथा गोठ बाढीपहिरोमा बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।

बाढीपहिरोका कारण जिल्लामा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये निसीखोला र तमानखोला रहेका छन्।

प्रशासनका अनुसार बाढीले ५१ घर र १० गोठ बगाएको छ। यस्तै, दरमखोलाको कटानका कारण गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगेको छ। तीन वटा झोलुङ्गे पुल बाढीले बगाएको छ भने दुई वटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुई वटा जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ। यसैगरी एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ। विपद्का कारण २५६ वटा पशुचौपाया क्षति भएका छन् भने २१५ वटा कुखुरा मरेका छन्।

निसीखोलामा घर तथा गोठमा ठूलो क्षति

निसीखोला गाउँपालिका–४ मा २० वटा कच्ची र दुई वटा पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सो क्षेत्रमा थप ११ घर जोखिममा रहेको प्रशासनले जनाएको छ।

पहिरोमा परी चार वटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ।

तमानखोला गाउँपालिका–३ धमास्कमा दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

बडिगाड–८ भीमगिठेमा तीन घरमा आंशिक क्षति पुगेको छ भने दुई गोठमा समेत क्षति भएको छ।

ढोरपाटन नगरपालिका–७ र १२ मा तीन घर पूर्ण तथा एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन्।

गलकोट र अन्य क्षेत्रमा पनि क्षति

गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सोही क्षेत्रमा दुई होटल तथा रिसोर्ट र एउटा गोठमा समेत क्षति पुगेको छ।

बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला गाउँपालिका–१, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको प्रशासनले जनाएको छ।

बाढीपहिरोबाट निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

१२ जनाको मृत्यु, एक बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना रहेका छन्।

प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार तमानखोलामा गएको पहिरोमा एक महिला अझै बेपत्ता छिन्। उनको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ।

निसीखोलामा विपद्पीडितलाई राहत

यसैबीच, निसीखोला गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार विपद्का कारण मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित परिवारको अवस्था वर्गीकरण गरी नगद तथा खाद्यान्न राहत उपलब्ध गराइएको हो।

गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले आर्थिक सहयोग गरेको जनाएको छ।

हालसम्म पाँच जना मृतकका परिवारलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत दिइएको छ। घर पूर्ण रूपमा क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र घरमा आंशिक क्षति पुगेका २१ परिवारलाई रु १० हजारका दरले सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

निसीखोलामा बाढीपहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थप २१ घर उच्च जोखिममा रहेको प्रशासन तथा गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ।

गाउँपालिकाले प्रभावित परिवारलाई नगद सहयोगसँगै चामल तथा त्रिपालसमेत उपलब्ध गराएको जनाएको छ। स्थानीय तह र प्रशासनले क्षतिको थप विवरण संकलन, जोखिममा रहेका परिवारको व्यवस्थापन तथा आवश्यक राहत वितरणलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४