Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०८३
  • 399
    SHARES

पर्सा । भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मी निवासी सागर कर्णको परिवारलाई वीरगञ्ज युवा समाजले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ।

समाजका अध्यक्ष सञ्जीव थापाले कर्णकी श्रीमती सरिता कर्णलाई उनको निवासमै पुगेर खाद्यान्न तथा दैनिक उपभोगका आवश्यक सामग्रीसहित नगद पाँच हजार १०० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सागर कर्ण बेपत्ता भएका हुन्। उनी सवारी चालकका रूपमा कार्यरत थिए। परिवारका अनुसार कर्ण आफ्ना मातापिताका एक्लो सन्तान थिए। उनको बेपत्तापछि वृद्ध मातापिता तथा दुई साना सन्तानसमेत परिवारको भविष्यप्रति चिन्तित बनेका छन्।

सागरको अवस्थाबारे परिवार अझै अनिश्चिततामा रहेको अवस्थामा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेपछि वीरगञ्ज युवा समाजले सहयोग गरेको हो। समाजले विपद्का कारण प्रभावित परिवारलाई आवश्यक सहयोग र मानवीय साथ उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको जनाएको छ।

कर्णको परिवारलाई सहयोग हस्तान्तरण गर्दै समाजका अध्यक्ष थापाले विपद्का बेला प्रभावित परिवारलाई एक्लो महसुस हुन नदिन सामाजिक संघसंस्था तथा समुदायले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि वीरगञ्ज महानगरपालिका–२७ कुहडीका २८ वर्षीय मुन्ना अन्सारीको परिवारसँग भेटघाट गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भोटेकोशी बाढीका कारण वीरगञ्जका विभिन्न परिवारका सदस्य प्रभावित तथा बेपत्ता भएपछि स्थानीय तह, सामाजिक संस्था र समुदायले प्रभावित परिवारको अवस्थाबारे जानकारी लिने तथा आवश्यक सहयोग गर्ने क्रम अघि बढाएका छन्।

बाढी तथा पहिरोजस्ता विपद्का कारण आफन्त गुमाएका वा बेपत्ता भएका परिवारका लागि तत्काल राहतसँगै दीर्घकालीन सहयोगको आवश्यकता देखिएको छ। प्रभावित परिवारलाई खाद्यान्न, आर्थिक सहयोग तथा मनोसामाजिक साथ उपलब्ध गराउन स्थानीय तह, सामाजिक संघसंस्था र समुदायबीच थप सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४