Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ४३ ढोका खोलिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १० २०८३
  • 380
    SHARES

सुनसरी । बुधबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। लगातारको वर्षाका कारण नदीमा जलसतह बढ्दै गएपछि जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ढोका क्रमशः खोलिएको हो।

शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। पानीको बहाव बढेसँगै ब्यारेजका ४३ वटा ढोका खोलिएको जनाइएको छ।

यसअघि शुक्रबार बिहान १० बजे कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक मापन हुँदा २५ वटा ढोका खोलिएका थिए। त्यसपछि पानीको बहाव निरन्तर बढ्दै गएपछि दिउँसो १ बजे २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेको थियो। सो समयमा थप पाँचवटा ढोका खोल्दै ३० वटा ढोका खुला गरिएको थियो।

त्यसैगरी शुक्रबार दिउँसो २ बजे पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएको थियो। त्यसपछि पनि सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि शनिबार बिहानसम्म ४३ वटा ढोका खोलिएको हो।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्तीसमेत बालिएको छ। वर्षा अझै जारी रहेकाले सप्तकोशी नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले कोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। नदीमा पानीको बहाव बढिरहेको अवस्थामा जोखिमपूर्ण क्षेत्रमा प्रवेश नगर्न, नदी किनारमा अनावश्यक रूपमा नजान तथा सम्भावित बाढीको अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, कोशी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा अन्य प्रयोजनका लागि नदीमा पस्ने काम नगर्न समेत अनुरोध गरिएको छ। पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।

कोशी ब्यारेजमा जम्मा ५२ वटा मूल ढोका र चारवटा नहरका ढोका गरी ५६ वटा ढोका रहेका छन्। सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ढोका क्रमशः खोल्दै पानीको निकास व्यवस्थापन गर्ने गरिएको छ।

लगातारको वर्षाका कारण सप्तकोशीसहित आसपासका खोला तथा नदीमा समेत जलसतह बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले सम्भावित जोखिमको निगरानी गरिरहेका छन्। नागरिकलाई आधिकारिक सूचना तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्दै सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४