Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, जित्यो कास्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ९ २०८३
  • 874
    SHARES

काठमाडौं। २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा नेपाल ४८–२४ अंकले भारतसँग हारेको हो।

भारतले खेलको पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै सहज जित निकालेको हो।

यससँगै नेपालले महिला कबड्डीमा कास्य पदकमा चित्त बुझाएको छ। यसअघि १९औँ एसियन गेम्सको सेमिफाइनलमा पनि नेपाल भारतसँगै पराजित भएको थियो।

जारी प्रतियोगितामा नेपालले समूह चरणमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेईसँग हार बेहोरेको थियो। अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो।

जारी एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी तौल समूहको कुमितेमा तेन्जिङ शेर्पाले नेपालका लागि कास्य पदक जितिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४