Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन, खानीखोलाको विवरण आउन बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 855
    SHARES

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विधानअनुसार काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा नगर तथा गाउँ कार्यसमितिको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन तथा सर्वसम्मत प्रक्रियाबाट जिल्लाका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये हालसम्म १२ पालिकामा नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन भएको छ । खानीखोला गाउँपालिकाको निर्वाचित कार्यसमितिको विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

निर्वाचनबाट बनेपा नगर कार्यसमितिको सभापतिमा राम जोशी बहुमतसहित निर्वाचित हुनुभएको छ । त्यस्तै, मण्डनदेउपुर नगर कार्यसमितिको सभापतिमा रामहरि सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पाँचखाल नगर कार्यसमितिको सभापतिमा सञ्जय तामाङ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ भने पनौती नगर कार्यसमितिको सभापतिमा नेपाल विद्यार्थी संघका पूर्व नेता रूपक महत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

धुलिखेल नगर कार्यसमितिको सभापतिमा विदुर बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । नमोबुद्ध नगर कार्यसमितिको सभापतिमा कृष्ण लामा बोम्जन निर्वाचित हुनुभएको छ ।

गाउँपालिकातर्फ भुम्लु गाउँ कार्यसमितिको सभापतिमा मञ्जु शाह ठकुरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । बेथानचोक गाउँ कार्यसमितिको सभापतिमा भने निर्वाचनमार्फत बहुमत प्राप्त गर्दै डिगमान तामाङ नेतृत्वमा आउनुभएको हो ।

यसैगरी तेमाल गाउँ कार्यसमितिको सभापतिमा बिकुलाल तामाङ, रोशी गाउँ कार्यसमितिको सभापतिमा दोर्जे लामा, महाभारत गाउँ कार्यसमितिको सभापतिमा सागर मोक्तान र चौरीदेउराली गाउँ कार्यसमितिको सभापतिमा राजेश गौतम निर्वाचित हुनुभएको छ ।

काभ्रेका स्थानीय तहमा निर्वाचित सभापति
बनेपा नगरपालिका — राम जोशी
धुलिखेल नगरपालिका — विदुर बस्नेत
पनौती नगरपालिका — रूपक महत
पाँचखाल नगरपालिका — सञ्जय तामाङ
मण्डनदेउपुर नगरपालिका — रामहरि सापकोटा
नमोबुद्ध नगरपालिका — कृष्ण लामा बोम्जन
भुम्लु गाउँपालिका — मञ्जु शाह ठकुरी
बेथानचोक गाउँपालिका — डिगमान तामाङ
चौरीदेउराली गाउँपालिका — राजेश गौतम
तेमाल गाउँपालिका — बिकुलाल तामाङ
रोशी गाउँपालिका — दोर्जे लामा
महाभारत गाउँपालिका — सागर मोक्तान
खानीखोला गाउँपालिका — विवरण आउन बाँकी

नगर तथा गाउँ कार्यसमितिको निर्वाचनबाट सभापतिसहित उपसभापति, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्य पदमा नयाँ पदाधिकारी तथा सदस्य चयन भएका छन् । नवनिर्वाचित नेतृत्वलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ कार्यसमितिले स्थानीय तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै कार्यकर्ताबीचको समन्वय तथा सक्रियता बढाउने अपेक्षा गरिएको छ । साथै, स्थानीय स्तरमा संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा पार्टीका आगामी गतिविधिलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४