Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५औँ महाधिवेशनमा युवा प्रतिनिधिका लागि धिरोज खत्रीको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 836
    SHARES

रामेछाप । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि रामेछाप जिल्लाबाट युवा (३५ वर्षमुनि) संघीय महाधिवेशन प्रतिनिधि पदमा धिरोज खत्रीले उम्मेदवारी प्रस्तुत गरेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिका निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका खत्रीले पार्टीको १५औँ महाधिवेशनमा युवा प्रतिनिधिका रूपमा आफूलाई मतदान गरी विजयी गराउन रामेछापका महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

युवा पुस्ताको सहभागिता र नेतृत्वलाई पार्टीको संगठनात्मक संरचनामा थप प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको खत्रीको भनाइ छ। उनले पार्टीको नीति, विचार र संगठनलाई थप सुदृढ बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

खत्रीले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै रामेछाप जिल्लाका सम्बन्धित प्रतिनिधिहरूलाई मतदान गरी विजयी गराइदिन विनम्र अनुरोध गरेका छन्।

उनले आफ्नो उम्मेदवारीका लागि सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४