Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका विभिन्न स्थानमा बाढी-पहिरोका कारण राजमार्ग अवरूद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 741
    SHARES

काठमाडौं । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण प्रमुख राजमार्ग तथा सडकहरू अवरुद्ध भएका छन्। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा समस्या भएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान साढे ७ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार खोटाङ र अर्घाखाँचीका दुई प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान ६ः४० बजे हलेसी तुवाचुङ नगरपालिका–१, दौतेखोलामा ढुंगासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

पहिरोले सडक ढाकिएपछि उक्त सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ। सडक खुलाउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीमा सालझण्डी–ढोरपाटन सडक बन्द

यसैगरी अर्घाखाँचीमा सालझण्डी–ढोरपाटन सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिहीबार बिहान ७ः०९ बजे पाणिनी गाउँपालिका–२ स्थित ढुङग्रेखोला नजिकै लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण सडकमा लेदो तथा माटो थुप्रिएपछि यातायात सञ्चालन हुन सकेको छैन।

देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढीको जोखिम रहन सक्ने भन्दै प्रहरीले सडक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र आवागमन गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४