Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशैभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन सरकारको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ८ २०८३
  • 228
    SHARES

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ठूलो वर्षाको सम्भावना रहेपछि देशैभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावनना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन निर्देशन दिएको हाे । निरन्तर वर्षाका कारण बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई शतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न निर्देशन दिएकाे हाे। साथै, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपद्का समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

सम्भावित विपद्का घटनामा बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन, एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय-सञ्चालन गर्न तथा आवश्यकताअनुसार सङ्घीय र प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति शतर्क रहन तथा विपद्का समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वतयारी गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४