Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारी वर्षाको सम्भावना: विद्यालय आवश्यकता अनुसार बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ७ २०८३
  • 855
    SHARES

काठमाडौँ । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय, विश्वविद्यालय, शिक्षालय तथा सम्बन्धित सबै सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार सो अवधिमा बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोध हुनसक्ने सम्भावना रहेको छ। त्यस्तै, विद्युत् तथा सञ्चार सेवामा समेत अवरोध आउनसक्ने भएकाले शैक्षिक गतिविधि सञ्चालन गर्दा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्न भनिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत सम्भावना रहेकाले थप सावधानी अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। विशेषगरी विद्यालय जाने–आउने क्रममा विद्यार्थी तथा बालबालिकालाई जोखिम हुनसक्ने भएकाले स्थानीय मौसमको अवस्था हेरेर आवश्यक निर्णय लिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको हो।

मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्राप्त मौसम तथा विपद् जोखिमसम्बन्धी पूर्वानुमानका आधारमा यस्तो सूचना जारी गरिएको जनाएको छ।

स्थानीय अवस्थाअनुसार विद्यालय बिदा गर्न सकिने

मन्त्रालयले सबै विद्यालय, विश्वविद्यालय, शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहलाई आफ्नो क्षेत्रको मौसम र जोखिमको अवस्था निरन्तर निगरानी गर्न आग्रह गरेको छ।

विशेषगरी असोज ५ र ६ गते विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित हुने गरी स्थानीय तहसँग समन्वय गरेर आवश्यकताअनुसार विद्यालयमा बिदा दिन सकिने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ।

मौसम प्रतिकूल भएको अवस्थामा विद्यालय सञ्चालन गर्दा विद्यार्थी तथा कर्मचारीको आवतजावतमा जोखिम हुनसक्ने भएकाले स्थानीय अवस्थालाई प्राथमिकतामा राखेर निर्णय लिनुपर्ने मन्त्रालयको भनाइ छ।

असोज ९ देखि ११ गतेसम्मका परीक्षा स्थगित गर्न सकिने

त्यस्तै, विश्वविद्यालय तथा विभिन्न तहका परीक्षा सञ्चालन गर्ने निकायलाई पनि मौसमको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्न मन्त्रालयले आग्रह गरेको छ।

असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सकिने मन्त्रालयले जनाएको छ। यसका लागि सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायले स्थानीय अवस्था, विद्यार्थीको सुरक्षा तथा यातायातको अवस्थालाई समेत ध्यानमा राखेर आवश्यक निर्णय लिनुपर्नेछ।

भारी वर्षाका कारण कतिपय क्षेत्रमा सडक अवरुद्ध हुनसक्ने, यातायात सेवा प्रभावित हुनसक्ने तथा बाढी र पहिरोको जोखिम बढ्नसक्ने भएकाले परीक्षा सञ्चालनका क्रममा विद्यार्थीलाई पर्नसक्ने समस्यालाई समेत ध्यान दिन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सुरक्षित विद्यालयलाई अस्थायी आश्रयस्थल बनाउन सकिने

मन्त्रालयले विपद्को अवस्थामा आवश्यक परे सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न समेत आग्रह गरेको छ।

स्थानीय क्षेत्रमा बाढी, पहिरो वा डुबानका कारण नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा जोखिमरहित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने मन्त्रालयको सूचनामा उल्लेख छ।

यसका लागि विद्यालय भवनको सुरक्षा अवस्था पहिचान गर्ने, आवश्यक समन्वय गर्ने तथा विपद्को समयमा विद्यार्थी र समुदाय दुवैको सुरक्षालाई ध्यानमा राखेर पूर्वतयारी गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

विद्यार्थी र अभिभावकलाई पनि सावधानी अपनाउन आग्रह

मन्त्रालयले मौसम प्रतिकूल भएको अवस्थामा विद्यार्थी तथा अभिभावकलाई समेत अनावश्यक जोखिम नलिन आग्रह गरेको छ। विद्यालय सञ्चालन भए पनि स्थानीय क्षेत्रमा बाढी, पहिरो, डुबान वा अन्य जोखिम देखिएमा सम्बन्धित विद्यालय र स्थानीय तहसँग समन्वय गरेर आवश्यक निर्णय लिन सकिने जनाएको छ।

त्यस्तै, विद्यालय तथा शैक्षिक संस्थाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा विद्यार्थी, शिक्षक र अभिभावकलाई समयमै जानकारी गराउनुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।

भारी वर्षा तथा त्यसबाट उत्पन्न हुनसक्ने प्राकृतिक विपद्का कारण शैक्षिक गतिविधि प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र शैक्षिक गतिविधि सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४