Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ६ २०८३
  • 855
    SHARES

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक अर्जुन दोङको मृत्यु भएको घटनाको विरोधमा यातायात व्यवसायी तथा श्रमिकहरूले मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालबाहिर प्रदर्शन गरेका छन्।

स्वतन्त्र चालक संघ नेपालको अगुवाइमा यातायात व्यवसायी, श्रमिक तथा मृतक चालक दोङका परिवारका सदस्यहरूले अस्पतालबाहिर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा मकवानपुरका चालक अर्जुन दोङ गम्भीर रूपमा घाइते भएका थिए। आगलागीमा परेर गम्भीर घाइते भएका दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो।

दोङको मृत्यु भएपछि परिवार तथा यातायात क्षेत्रसँग आबद्ध श्रमिक र व्यवसायीहरू आन्दोलित भएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले चालक तथा सहचालकमाथि हुने गरेको भनिएको ज्यादती तत्काल रोक्नुपर्ने मागसमेत उठाएका छन्।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति, चालक आयोग गठन तथा चालकहरूमाथि हुने ट्राफिक प्रहरीको अनावश्यक दुःख तथा ज्यादती अन्त्य गर्नुपर्ने माग अघि सारेका छन्।

उनीहरूले चालक र सहचालकको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताएका छन्। यातायात क्षेत्रमा काम गर्ने श्रमिकको सुरक्षाका विषयमा राज्य जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ।

प्रदर्शनमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक तथा सहचालकमाथि अन्याय गरेको आरोप लगाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो।

दाहालले सरकारले पीडितलाई न्याय दिलाउन र दोषीलाई कारबाही गर्न ढिलाइ गरे श्रमिकहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिनुभयो।

उहाँले राज्य र प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक अनुसन्धान गर्नुपर्ने बताउँदै पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दिनुपर्नेमा जोड दिनुभयो।

प्रदर्शनकारीहरूले चालक र सहचालकमाथि हुने व्यवहार तथा उनीहरूको सुरक्षा व्यवस्थाबारे सरकारले स्पष्ट नीति बनाउनुपर्ने मागसमेत गरेका छन्। उनीहरूले यातायात श्रमिकलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न र घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।

त्रिपुरेश्वरमा भएको बस आगलागीपछि गम्भीर घाइते भएका चालक दोङको उपचारका क्रममा मृत्यु भएपछि घटनालाई लिएर यातायात क्षेत्रका श्रमिक तथा व्यवसायीहरूमा आक्रोश बढेको छ। प्रदर्शनकारीहरूले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा आन्दोलनलाई थप व्यापक बनाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४