Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एशियाली खेलकुदकाे पुरूष कबड्डीमा नेपाली टाेलीको लगातार दोस्रो हार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ६ २०८३
  • 437
    SHARES

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत नेपालको पुरुष कबड्डी टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।

मंगलबार बिहान टोकाइ सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ अंकले पराजित भएको हो।

खेलको पहिलो हाफमा नेपालले अपेक्षाकृत कमजोर प्रदर्शन गरेको थियो। पाकिस्तानले सुरुदेखि नै दबाब कायम राख्दै पहिलो हाफ ३०–१७ अंकले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो हाफमा भने नेपालले खेलमा सुधार गर्दै पाकिस्तानलाई कडा चुनौती दिएको थियो। तर दोस्रो हाफमा पनि नेपाल २८–२६ अंकले पछि परेपछि समग्रमा जित निकाल्न सकेन।

नेपालले खेलमा रेड र ट्याकलबाट २८ अंक, बोनसबाट ११ अंक तथा अलआउट र सुपर ट्याकलबाट दुई–दुई अंक जोडेको थियो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएको थियो। लगातार दुई खेलमा पराजित भएपछि नेपालको समूह चरणको अवस्था चुनौतीपूर्ण बनेको छ।

उता पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानले आफ्नो पहिलो खेलमा मलेसियालाई ६५–२२ अंकले पराजित गरेको थियो।

नेपालले मंगलबार नै समूह चरणको अर्को महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ। लगातार दुई हारपछि नेपालका लागि इरानविरुद्धको खेल समूह चरणमा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४