Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढ्दैन: अध्यक्ष सिटौला आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन यात्रुलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ६ २०८३
  • 703
    SHARES

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेसम्म सार्वजनिक यातायातको भाडा पनि नबढ्ने स्पष्ट पार्नुभएको छ।

यातायात व्यवस्था विभागले सोमबार चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि नेपालमा चाडपर्वको समयमा मूल्यवृद्धि गर्न नहुने धारणा राख्नुभएको हो।

उहाँले नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर नै कायम रहने बताउनुभयो। यात्रुलाई चाडपर्वको समयमा अतिरिक्त आर्थिक भार नपर्ने गरी तोकिएको भाडादरअनुसार नै यातायात सञ्चालन हुनुपर्ने उहाँको भनाइ छ।

अध्यक्ष सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको अवस्थामा भने यातायात व्यवसायीमाथि पनि थप आर्थिक भार पर्ने भएकाले त्यसको प्रभाव सार्वजनिक यातायातको भाडामा पर्न सक्ने बताउनुभयो।

उहाँका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएमा व्यवसायीले बाध्य भएर यातायात भाडा समायोजनको माग गर्नुपर्ने अवस्था आउन सक्छ। तर हालको अवस्थामा सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाएसम्म सार्वजनिक यातायातको भाडा बढाउने विषय नरहेको उहाँले स्पष्ट पार्नुभयो।

चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुल्ने, टिकट नदिने वा अनधिकृत रूपमा टिकट बिक्री गर्ने जस्ता समस्या देखिन सक्ने भन्दै उहाँले त्यसतर्फ व्यवसायी र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो।

अध्यक्ष सिटौलाले यात्रुलाई पनि यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्रै टिकट लिन आग्रह गर्नुभएको छ। आधिकारिक काउन्टरबाट टिकट लिएमा यात्रुले तोकिएको भाडादर तथा यात्रासम्बन्धी विवरण सुनिश्चित गर्न सक्ने भएकाले अनधिकृत व्यक्तिबाट टिकट नलिन उहाँले अनुरोध गर्नुभयो।

चाडपर्वका समयमा यात्रुको सहज तथा सुरक्षित आवागमन सुनिश्चित गर्न सरकार, यातायात व्यवसायी र यात्रु सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

यसैगरी, यातायात व्यवस्था विभागले पनि चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको व्यवस्थापन, यात्रुको सुरक्षा, टिकट बिक्री तथा भाडादरलगायतका विषयमा सरोकारवालासँग छलफल गरिरहेको छ। चाडपर्वको समयमा हुने यात्रुको अत्यधिक चापलाई व्यवस्थापन गर्दै यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउने विषयमा समेत छलफल केन्द्रित भएको जनाइएको छ।

यातायात व्यवसायी महासंघले सरकारले तोकेको भाडादरअनुसार नै सार्वजनिक यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै यात्रुलाई आधिकारिक माध्यमबाट टिकट खरिद गरी यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४