Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानले अमेरिकासमक्ष राख्यो युद्ध अन्त्यका सर्त, कतारमार्फत प्रस्ताव पठाएको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०८३
  • 1K
    SHARES

काठमाडौं । इरानले अमेरिका–इरानबीच जारी युद्ध अन्त्य गरी पुनः वार्ताको वातावरण बनाउन अमेरिकासमक्ष विभिन्न सर्त अघि सारेको छ। इरानले आफ्ना सर्तहरू कतारमार्फत अमेरिकी पक्षसमक्ष पठाएको इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाइले अलजजिरासँग बताउनुभएको छ।

रेजाइका अनुसार इरानले युद्ध अन्त्यका लागि अघि सारेका मुख्य सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, इरानका रोक्का गरिएका सम्पत्ति तथा रकम फुकुवा र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने विषय समावेश छन्। इरानी पक्षले यी सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफ पर्खिरहेको जनाएको छ।

इरानले यसअघि पनि प्रतिबन्ध हटाउने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग गर्दै आएको थियो। अगस्तमा पनि रेजाइले अमेरिकी पक्षले इरानका सर्त स्वीकार नगरेसम्म हर्मुज जलडमरूमध्य खोल्ने विषयमा सहमति नहुने बताएका थिए।

युद्ध अन्त्यसँगै क्षेत्रीय संघर्ष रोक्नुपर्ने माग

इरानले अमेरिका–इरान युद्धसँगै क्षेत्रका अन्य द्वन्द्वसमेत अन्त्य हुनुपर्ने धारणा राखेको छ। रेजाइले साउदी अरब र यमनका हुथीबीचको युद्ध पनि अन्त्य हुनुपर्ने इरानको चाहना रहेको बताउनुभएको छ। उहाँका अनुसार हुथीहरू पनि रियादसँग कुनै सम्झौतामा पुग्न खोजिरहेको आफूलाई लागेको छ।

यसअघि पछिल्लो समय हुथी समूह र साउदी अरबबीचको तनाव पुनः बढेको छ। साउदी अरबले हुथीहरूले आफ्नो राजधानी रियादतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेको जनाएको छ भने हुथीहरूले साउदी क्षेत्रमा विभिन्न आक्रमण गरेको दाबी गरेका छन्।

अमेरिकाको जवाफको प्रतीक्षा

रेजाइले कतार मध्यस्थकर्ताका रूपमा इरानका सर्तहरू अमेरिकी पक्षसम्म पुर्‍याएको र अब राष्ट्रपति ट्रम्पको जवाफको प्रतीक्षा भइरहेको बताउनुभएको छ। कतारसँगै पाकिस्तानले पनि अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन कूटनीतिक प्रयास गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि इरानसँगको युद्ध अन्त्यतर्फ अघि बढिरहेको आशा व्यक्त गर्नुभएको थियो। तर त्यससँगै अमेरिकी प्रशासनले इरानसँगको सैन्य अवस्थाबारे विभिन्न विकल्प खुला राखेको रिपोर्टसमेत आएको छ।

यसैबीच, मध्यपूर्वमा तनाव कायमै छ। हर्मुज जलडमरूमध्य तथा बाब अल-मन्देबजस्ता महत्वपूर्ण समुद्री मार्गमा जारी सैन्य तनावले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत असर पारिरहेको छ।

इरानले औपचारिक रूपमा सर्तहरू अमेरिकी पक्षसमक्ष पुर्‍याएको जनाएको भए पनि त्यसलाई अमेरिकाले स्वीकार गरिसकेको अवस्था भने छैन। अब ट्रम्प प्रशासनको प्रतिक्रिया र त्यसपछि हुने सम्भावित कूटनीतिक वार्ताले युद्ध अन्त्यको प्रक्रियामा थप दिशा निर्धारण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४