Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेन–जी आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्ः ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ३ २०८३
  • 912
    SHARES

काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत वर्ष कत्लेआम नरहत्याको योजना रचना गरिएको बताउनुभयो ।

२३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको जिकिर गर्नुभयो । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताउनु भयो । काँक्रा आफूले खाएर बियाँ आफूहरुको मुखमा लगाइदिने षड्यन्त्र गरेको बताउनु भयो । आन्दोलनमा आफूहरुले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरुले पनि देखाएका छन् । सामाजिक सञ्जालहरुले देख्याएका छन्, सञ्चार माध्यमहरुले देखाएका छन् । त्यसकारण यसमा मैले धेरै केही भन्नुपर्दैन जस्तो लाग्दछ । गत वर्ष एउटा आम कत्लेआम, नरहत्याको योजना रचना गरियो । रचना गरेकै हो यो योजना । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरुको र अरु युवाहरुको हत्याको काण्ड घटाउने काम भयो योजनावद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रुपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाउनुथियो, त्यो फिजाइयो, २४ गते । अनि काँक्रा उनीहरुले चोरेर खाए, बियाँ हाम्रो गालामा ल्याएर टाँसे । केही हामीले भनेका हौँ, हाम्रो गालामा बियाँ टाँस्न ल्याउनुपर्दैन । यो षड्यन्त्र हामीले पनि बुझेका छौँ, नेपाली जनताले बुझेको छ । अझ हामी बुझाउँदै लानेछौँ ।

केहीले बुझेको नबुझ्यै गर्ने बुझ पचाउने, केही तत्वहरु त भन्छन्, यो बाहिरको कुनै हात होइन, यो भूराजनीतिको कुनै अर्थ छैन यहाँ । हामीले बिगारेको हो, हाम्रो नेतृत्वले बिगारेको हो आदि इत्यादि यस्ता खालका कुराहरु गर्नेहरु पनि छन् । उतैबाट छापेका छन्, खोज अध्ययन गरेर उतैको संलग्नता, वाह्य संलग्नता उतैबाट छर्लङ्ग छ । उतैबाट भण्डाफोर गर्छन्, यहाँकाहरु त्यसको डिफेन्ड गर्न जान्छन् । होइन, होइन, त्यो हाम्रै, हाम्रै भित्रको कुरा हो । गोलि किन चलाएको त हाम्रै भित्रको हो भने ? हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन ? दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए ।

सिंहदरबार जलाउने कुरा यो ८२ भदौ २४ गते सिंहदरबार जलाउने कुरा त्यसै दिन चलेको ? उसै दिनको आक्रोश, आवेश, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेको थियो । हाम्रा घरहरु जलाइएका तस्बिरहरु अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो । संसद भवन जलाइएका तस्बिर अगाडिदेखि देखाइएका थिए । त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरुको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरु पूरा गर्ने षड्यन्त्रहरु यी कुराहरु भएका हुन् । देशमा संविधान छ, जनताले बनाएको संविधान छ । जनताले बनाएको, निर्वाचनद्वारा बनाएको सरकार छ भने असंवैधानिक ढंगले, गलत ढंगले त्यस संविधानलाई ध्वस्त पार्ने काम सडकबाट ।

केही हजार मान्छेले ३ करोड नेपालीले वैधानिक ढंगले दिएको फैसलालाई केही हजार मान्छे अगाडि सारेर मिलेमतो र साठगाँठका साथ ध्वस्त पार्ने काम । आज त्यसैको सिलसिलामा असंवैधानिक सरकार, असंवैधानिक प्रतिनिधि सभा विघटन, यसलाई वैधानिकता दिने २४ गतेको राष्ट्रिय दहन, राष्ट्रिय क्षति, त्यसका अपराधीहरुलाई छुट दिने त्यो कर्म अत्यन्त जायज र सामान्य हो भन्ने स्थापित गर्ने । यसका निम्ति आयोग बनाइए, कोई भएका आयोगहरु त्यसमा जिब्रो चपाएर बसे अथवा लहैलहैमा फैसला सुनाए अथवा प्राप्त भएका नतिजाहरु प्रकाशित गर्न डराए। जे जे भो, राम्रो भइराखेको छैन । संविधान सम्मत छैन, लोकतान्त्रिक विधिबाट नेपाल अगाडि बढाउन दिइइएको छैन । अध्यक्ष ओलीले लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४