Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रकम असुलीको आरोपमा कांग्रेस नेता चौलागाईं मन्थलीबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 399
    SHARES

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। चौलागाईंलाई बिहीबार साँझ रामेछापको मन्थलीबाट नियन्त्रणमा लिइएको हो।

कांग्रेसको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन चौलागाईं मन्थली पुगेका थिए। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन्।

सीआईबीका अनुसार उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गरेको आरोपमा चौलागाईंलाई नियन्त्रणमा लिइएको हो। सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार रकम असुलीका लागि कुराकानी तथा डिल गरेको भनिएको अडियोसमेत अनुसन्धानका क्रममा फेला परेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा केही प्रमाण फेला परेपछि त्यसको सत्यापन तथा घटनाबारे थप अनुसन्धान गर्न चौलागाईंलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार बरामद भएको भनिएको अडियो तथा अन्य प्रमाणको वास्तविकता परीक्षण भइरहेको छ। उक्त प्रमाणको परीक्षणपछि घटनामा चौलागाईंको भूमिका तथा आरोपसँग सम्बन्धित थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।

पक्राउपछि चौलागाईंलाई काठमाडौं ल्याएर थप अनुसन्धान अघि बढाउने तयारी रहेको सीआईबीले जनाएको छ। हालसम्म उनीमाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेकाले आरोप पुष्टि भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४