Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुण्डीमार्फत रु १ अर्ब ५७ करोडभन्दा बढी कारोबार गरेको आरोपमा दुई पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 722
    SHARES

काठमाडौं । हुण्डी कारोबारमार्फत रु १ अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गर्दा शम्भुप्रसाद साह र सुरजप्रसाद साहले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी ठूलो रकमको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले बैंक खातामार्फत रु १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हुण्डी कारोबारमार्फत ठूलो रकमको वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

सूचना अधिकारी खड्काका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले उनीहरूको बैंकिङ कारोबार, अन्य व्यक्तिसँगको संलग्नता तथा रकमको स्रोत र कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा प्राप्त हुने थप तथ्य र प्रमाणका आधारमा घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४