Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा बिक्री गर्न उद्योगीहरूलाई एलपी ग्यास संघकाे निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 874
    SHARES

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा कायम गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। संघले शुक्रबारदेखि लागू हुने गरी प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन सबै ग्यास उद्योगीलाई आग्रह गरेको हो।

पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा आएको बाढीका कारण सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढेपछि उपभोक्ताले थप रकम तिर्नुपर्ने अवस्था सिर्जना भएको थियो।

गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको सडक कटान गरेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको नियमित आपूर्तिमा समस्या आउन नदिन उद्योगीहरूले विभिन्न वैकल्पिक मार्ग प्रयोग गरेका थिए।

उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषास्थित प्लान्टबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक बाटो हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउँदै आएका थिए। लामो दूरी र वैकल्पिक सडक प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको थियो।

त्यसपछि नेपाल एलपी ग्यास उद्योग संघले गत भदौ १८ गते विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च समावेश गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसा मा ग्यास बिक्री गर्न अनुरोध गरेको थियो।

तर अहिले अवरुद्ध पृथ्वी राजमार्गको सडकखण्डमा वैकल्पिक ट्याक खुलेर यातायात सञ्चालनमा आइसकेको र एलपी ग्यास बोकेका बुलेटहरू सिधै काठमाडौं उपत्यकामा प्रवेश गर्न थालेपछि थप ढुवानी खर्च व्यहोर्नुपर्ने अवस्था अन्त्य भएको संघले जनाएको छ।

संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने बाध्यता हटेकाले शुक्रबारदेखि पुरानै मूल्यमा ग्यास बिक्री गर्न निर्देशन दिइएको उल्लेख छ।

संघले सबै ग्यास उद्योगीलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नहुने गरी एलपी ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ। साथै, आ–आफ्ना आधिकारिक विक्रेतालाई पनि सोहीअनुसार जानकारी गराउन संघले निर्देशन दिएको छ।

यससँगै केही दिनदेखि बढेको एलपी ग्यासको मूल्य पुनः पुरानै दरमा फर्किएको छ। अब काठमाडौं उपत्यकाका उपभोक्ताले एक सिलिन्डर एलपी ग्यासका लागि अधिकतम २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४