Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीपीडितका लागि टेक्ससका नेपाली समुदायबाट २ करोड १५ लाखभन्दा बढी सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २ २०८३
  • 817
    SHARES

काठमाडौं । अमेरिकाको टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड १५ लाख १७ हजार रुपैयाँ सहयोग गरेका छन्।

ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार टेक्ससमा रहेका विभिन्न नेपाली संघसंस्था तथा समुदायले बाढी प्रभावितको सहयोगका लागि उक्त रकम उपलब्ध गराएका हुन्। बाढीका कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग जुटाइएको हो।

सहयोग गर्ने संस्थामध्ये लामा फाउन्डेसन, बेडफोर्डले १ करोड ७ लाख रुपैयाँ प्रदान गरेको छ। त्यस्तै, इन्डिया बजार, फोर्टवर्थले ३८ लाख १७ हजार रुपैयाँ सहयोग गरेको छ।

यसैगरी वन स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ, अभान्ट फाउन्डेसनले १५ लाख रुपैयाँ, पाल्पाली संगम अमेरिकाले १५ लाख रुपैयाँ तथा नुवाकोट पिकनिक ग्रुप टेक्ससले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।

यसरी विभिन्न संस्था तथा समुदायबाट संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका कार्यमा प्रयोग गर्ने उद्देश्य राखिएको छ।

यसैबीच, नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले पनि आफ्ना १८ वटा च्याप्टरमार्फत छुट्टै सहयोग रकम संकलन गरेको जनाएको छ।

समितिका अनुसार १८ च्याप्टरबाट संकलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली कांग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई पठाइएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय, संघसंस्था र विभिन्न समूहले राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएका छन्। विदेशमा रहेका नेपाली समुदायबाट प्राप्त यस्तो सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कामलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४