Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार उर्जा तथा विद्युतको माग बढाउनेभन्दा संकुचन गर्नेतिर लाग्यो : कुलमान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 684
    SHARES

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले उर्जा तथा विद्युतको माग बढाउनेभन्दा माग संकुचन गर्नेतिर लागेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विद्युत उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको तथा विद्युतीय सवारीसाधन (इभी)मा समेत कर बढाएको भन्दै सरकारको उर्जा नीतिमाथि प्रश्न उठाउनुभयो ।

उहाँले बजारमा एलपीजी ग्यासको आपूर्ति संकटका बेला विद्युतीय चुल्होगायत विद्युत खपत बढाउने माध्यमलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले त्यसअनुकूल नीति अवलम्वन नगरेको बताउनु भयो । अध्यक्ष घिसिङले निजी क्षेत्रसँगै नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्थाप्रति समेत सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । एकतार्फ भ्याटबापत प्राधिकरणले सरकारलाई ठूलो रकम बुझाउनुपर्ने र अर्कोतर्फ विद्युत महसुल घटाएर त्यसको क्षतिपूर्ति गर्ने नीति लिए प्राधिकरण थप वित्तीय संकटमा पर्ने उहाँको चेतावनी छ ।

उहाँले प्राधिकरण आगामी वर्ष घाटामा जाने जोखिम रहेको दाबी गर्दै बाढी तथा प्राकृतिक विपत्तिका कारण त्रिशूली–३ ए, त्रिशूली र देवीघाट आयोजनाबाट हुने आम्दानीमा समेत ठूलो असर परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ऊर्जा मन्त्रालयले यो डिमान्ड क्रिएसनको काम के–के भयो भन्ने कुरा गर्दाखेरि मलाई लाग्छ यो डिमान्ड क्रिएसनभन्दा पनि डिमान्डलाई सङ्कुचन गर्ने तिर लाग्यो । एलपीजी ग्यासको किन यत्रो बबाल भइरहेको छ ? विद्युतमा भ्याट लगाइदिने, उद्योग, खानेपानी सबैतिर लगाएको छ । पछि संशोधन गर्नेकुरा गरेको थियो ।

के भयो थाहा छैन । अनि यसरी मूल्यवृद्धि भएपनि डिमाण्ड त घट्ने नै भयो नि । डिमान्ड बढाउने किसिमले जानुपर्नेमा इलेक्ट्रिकल भेहिकललाई प्रमोशन गर्नुभन्दा इलेक्ट्रिकल भेहिकललाई पनि कस्टम ड्युटीमा त्यत्रो चाहिँ वृद्धि गर्नुभयो । त्यो भएको हुनाले ऊर्जा मन्त्रालयको चाहीँ कोअर्डिनेसन यो चाहिँ यो ट्याक्स वृद्धिमा, भ्याट वृद्धिमा त्यो कोअर्डिनेसन किन पुगेन ? अर्थ मन्त्रालयमा किन पुगेन ? इलेक्ट्रिकल भेहिकल बढाउनु प¥यो । इण्डक्सन कुकिङ अथवा विद्युतीय चुल्हो बाल्ने तिर किन नलाग्ने ? अहिले ग्यासको यस्तो हाहाकार छ ।’

रसुवाको भोटेकोशीमा आएको बाढीको कारण क्षतिग्रस्त जलविद्यतु आयोजनाको लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४