Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र बंगलादेशबीच आगामी चैतमा ३ खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १ २०८३
  • 437
    SHARES

काठमाडौं । नेपाल र बंगलादेशबीच आगामी चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको हो।

क्यानका अनुसार शृङ्खलाका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। पहिलो खेल मार्च २६ अर्थात् चैत १२ गते, दोस्रो खेल मार्च २८ अर्थात् चैत १४ गते र तेस्रो तथा अन्तिम खेल मार्च ३० अर्थात् चैत १६ गते हुनेछ।

तीन खेलको शृङ्खलाका लागि बंगलादेशको टोली नेपाल आउनेछ। घरेलु मैदानमा टेस्ट राष्ट्रको टोलीसँग द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने अवसर नेपाली क्रिकेटका लागि महत्वपूर्ण मानिएको छ।

क्यानले यो शृङ्खला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य अर्थात् टेस्ट राष्ट्रको टोली नेपाल आएर नेपाली टोलीसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलोपटक हो।

यसअघि नेपालले विभिन्न टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ। तर ती खेलहरू नेपालबाहिर भएका थिए। यसपटक भने बंगलादेशको टोली नै नेपाल आएर घरेलु मैदानमा तीन खेलको द्विपक्षीय शृङ्खला खेल्ने भएकाले नेपाली क्रिकेट समर्थकका लागि समेत यो विशेष अवसर बन्नेछ।

दुईपटक आमनेसामने, दुवै खेलमा बंगलादेश विजयी

नेपाल र बंगलादेशबीच यसअघि दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। दुवै खेल टी–२० विश्वकपका क्रममा भएका थिए।

यी दुई टोली पहिलोपटक सन् २०१४ को टी–२० विश्वकपमा आमनेसामने भएका थिए। त्यसपछि सन् २०२४ को टी–२० विश्वकपमा पनि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भएको थियो।

दुवै खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको थियो। यसपटक घरेलु मैदानमा हुने तीन खेलको शृङ्खलाले नेपाललाई टेस्ट राष्ट्र बंगलादेशविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुँदा नेपाली खेलाडीलाई उच्चस्तरीय टोलीविरुद्ध प्रतिस्पर्धात्मक अनुभव प्राप्त हुनुका साथै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्पर्क र अनुभव विस्तार गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तीन खेलले नेपाली क्रिकेट समर्थकलाई बंगलादेशको राष्ट्रिय टोलीलाई प्रत्यक्ष रूपमा हेर्ने अवसरसमेत प्रदान गर्नेछ। शृङ्खलाका खेलहरू क्रमशः चैत १२, १४ र १६ गते आयोजना हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४