Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा समाचार संकलनमा गएको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 836
    SHARES

एजेन्सी । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि गएको हेलिकप्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटना मंगलबार च्याट्सवर्थ क्षेत्रमा भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार च्याट्सवर्थ क्षेत्रमा भएको बस दुर्घटनाको समाचार संकलन गर्ने क्रममा स्थानीय समाचार संस्थाको हेलिकप्टर दुर्घटनामा परेको थियो। हेलिकप्टर दुर्घटनापछि घटनास्थलमा भीषण आगलागी भएको थियो।

लस एन्जलस अग्नि विभागका अनुसार दुर्घटनास्थलमा चार जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये तीन जनालाई मृत घोषणा गरिएको छ भने एक जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।

प्रारम्भिक विवरणअनुसार मृत्यु हुनेमध्ये एक जना हेलिकप्टरमा सवार व्यक्ति नभई घटनास्थलमा भुइँमा रहेका व्यक्ति भएको बताइएको छ। दुर्घटनामा परेको हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ।

तर हेलिकप्टरमा सवार पाइलट तथा समाचारकर्मीको अवस्थाबारे तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन। घटनामा थप व्यक्ति प्रभावित भए–नभएकोबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ।

हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। सम्बन्धित निकायले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएका छन्।

घटनापछि उद्धार तथा सुरक्षाकर्मीले क्षेत्रमा आवश्यक व्यवस्थापन गरेका थिए। दुर्घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४