Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेभिड वार्नरले एनपीएल खेल्ने, काठमाडौं गोर्खाजमा आबद्ध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०८३
  • 969
    SHARES

काठमाडौं । विश्वचर्चित अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्ने भएका छन् । अस्ट्रेलियाका सुपरस्टार ओपनर वार्नर काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने भएका हुन् ।

काठमाडौं गोर्खाजले मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै वार्नरलाई टोलीमा अनुबन्ध गरिएको पुष्टि गरेको हो । फ्रेन्चाइजले यसअघि वार्नरलाई टोलीमा भित्र्याउने संकेत गरे पनि आधिकारिक घोषणा भने मंगलबार गरेको हो ।

वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट नाम हुन् । यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन कर्णाली याक्स तथा दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस विराटनगर किङ्सबाट एनपीएलमा सहभागी भएका थिए ।

टी–२० क्रिकेटमा भने वार्नरलाई धवन र डु प्लेसिसभन्दा पनि प्रभावशाली खेलाडीका रूपमा हेरिन्छ । उनले विश्वका विभिन्न चर्चित टी–२० लिगमा खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

काठमाडौं गोर्खाजले सार्वजनिक गरेको भिडियोमा वार्नरले नेपाल आउन आफू निकै उत्साहित रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘एनपीएल र यसका समर्थकहरूको जोश र उत्साहबारे मैले धेरै सुनेको छु । अब आफैंले त्यो अनुभव गर्न म निकै उत्साहित छु । तपाईंहरू सबैलाई भेट्न म आतुर छु ।’

वार्नरले कठिन परिस्थितिमा एनपीएलले मानिसहरूमा खुसी ल्याउने र एकताबद्ध गर्ने माध्यम बन्न सक्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘यो समय धेरै मानिसका लागि निकै कठिन रहँदै आएको छ । यस्तो अवस्थामा एनपीएलले केही खुसी ल्याउन र मानिसहरूलाई एकजुट भएर साथ दिन एउटा माध्यम बन्न सकोस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।

एनपीएलको तेस्रो संस्करणमा वार्नरको आगमनसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाका सफल क्रिकेटरमध्ये एक वार्नर टी–२० क्रिकेटमा विश्वकै चर्चित ब्याटरका रूपमा परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४