Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालको एक करोडभन्दा बढी सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 798
    SHARES

नेपालगञ्ज । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि बाँकेका निजी विद्यालय र अस्पतालहरूले रु. एक करोड २५ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

बाँकेमा सञ्चालित निजी तथा आवासीय विद्यालय (प्याब्सन) र निजी अस्पतालहरूले बाढीपीडितको उद्धार तथा राहतका लागि उक्त रकम सहयोग गरेका हुन् । प्याब्सन बाँकेमा आबद्ध निजी विद्यालयहरूले रु. ६५ लाखभन्दा बढी तथा निजी अस्पतालहरूले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका छन् ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार जिल्लाका ७७ निजी तथा आवासीय विद्यालयबाट बाढीपीडितका लागि रकम सङ्कलन गरिएको थियो । सङ्कलित रकममध्ये रु. ५३ लाख ४१ हजार ४०६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरिएको छ ।

विद्यालयहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका हुन् । बाढीका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले विद्यालयहरूले सामूहिकरूपमा रकम सङ्कलन गरेका अध्यक्ष बज्राचार्यले बताउनुभयो ।

त्यस्तै, बाँकेमा रहेका विभिन्न निजी अस्पतालले पनि भोटेकोशी बाढीपीडितका लागि रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका छन् । अस्पतालहरूले प्रदान गरेको रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी उपलब्ध गराइएको हो ।

लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जका सञ्चालक डा. प्रतीक श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले रु. २५ लाख सहयोग गरेको छ । त्यसैगरी सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले रु. २५ लाख प्रदान गरेको छ ।

फत्तेबाल आँखा अस्पतालले रु. पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले रु. दुई लाख ५० हजार, न्यूरो अस्पतालले रु. एक लाख १६ हजार ५ सय १३, सागर अस्पताल नेपालगञ्जले रु. एक लाख एक हजार तथा लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले रु. एक लाख सहयोग गरेका छन् ।

बाँकेका निजी विद्यालय तथा अस्पतालले गरेको यो सहयोगले विपद्का बेला विभिन्न क्षेत्रबाट पीडितका लागि सहयोग जुटाउन सकिने सन्देश दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देशका विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको अवस्थामा बाँकेका शैक्षिक संस्था र स्वास्थ्य संस्थाले पनि आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका हुन् ।

सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहत तथा उद्धारमा प्रयोग हुने जनाइएको छ । विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका लागि समेत यस्ता सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४