Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 703
    SHARES

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई जना, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई जना र उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच जना पक्राउ परेका छन्।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक जना र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका छन्।

यसैगरी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ देवीनगरस्थित बसपार्कबाट एक जना तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक/एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले विभिन्न स्थानमा नियमित निगरानी, गस्ती तथा चेकजाँचलाई तीव्र बनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४