Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको प्रश्न– सरकारले बिचौलीको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 855
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले ईजीपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले ह्याक भएको भन्दै बिचौलीको प्रभावमा सरकारले ईजीपी प्रणाली नै बन्द गरेर नयाँ प्रणाली ल्याउने तयारी गरिहरहेको सूचना प्राप्त भएको पनि बताउनुभयो ।

उहाँले ईजीपी सिस्टम तत्काल खुलाई पूर्ण सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने समेत बताउनुभयो ।

सांसद कार्कीले भन्नुभयो, ‘सुनिएअनुसार सरकारले विद्युतीय खरिद प्रणालीमा ह्याक भएको भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा सुनेका छौँ । त्यसकारण सबै सरोकारवालाहरुको तर्फबाट सरकारलाई के आग्रह गर्न चाहान्छु भने ईजीपी सिस्टम तत्काल खुलाइयोस्, पूर्ण सञ्चालनमा ल्याइयोस् । ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानविन गरी आवश्यक कारबाही गरियोस् । कसैलाई पनि उन्मुक्ति नदिइयोस् ।

पुराना कोडहरुले यो सिस्टम चल्दैन भनेर केहीले बिचौलिया तथा कर्मचारीहरु र व्यवसायीहरुको समेत मिलेमतोमा सरकारलाई प्रभावमा पारेर यो ईजीपी सिस्टमलाई नै कोल्याप्स गर्न खोजिँदैछ । र त्यसको ठाउँमा नयाँ ल्याउने तयारी भइरहेको भन्ने कुरा पनि जानकारीमा आएको छ । त्यसो नहोस् । यदि त्यसो भयो भने डिजिटल शासनको कुरा गरेर आएको सरकार, समृद्धि र सुशासन ल्याउँछौँ भनेर आएको सरकार फेरी कागजी युगमा फर्किनुजस्तो बिउडम्बना केही पनि होइन ।’

डिजिटल शासन र सुशासनको प्रतिबद्धता जनाएको सरकारले ईजीपी हटाएर पुनः कागजी प्रक्रियातर्फ फर्किनु विडम्बना हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४