Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न भगीरथ प्रयास गरिरहेको अर्थमन्त्री वाग्लेकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 836
    SHARES

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनुभएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाललाई सकेसम्म छिटो ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग समेत आवश्यक पहल भइरहेको उहाँको भनाइ छ।

अर्थमन्त्री वाग्लेले नेपालले आफ्नो पक्ष बलियो रूपमा प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली परिचालन गरिएको जानकारी दिनुभयो। उक्त टोली हाल मलेसियामा रहेर आवश्यक काम गरिरहेको उहाँले बताउनुभयो।

उहाँले एफएटीएफ (Financial Action Task Force) सँग सम्बन्धित विषयमा अमेरिकी अर्थमन्त्रीसँग समेत भेट गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको असर मुलुकको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयतामा पर्न सक्ने उहाँको भनाइ छ।

ग्रे लिस्टमा रहँदा करेस्पोन्डेन्ट बैंकिङ, लगानीको वातावरण तथा अन्तर्राष्ट्रिय पूँजी प्रवाहमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले सरकार यस विषयमा गम्भीर रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।

सरकारले ग्रे लिस्टबाट बाहिरिन चालिरहेका कदमबारे विभिन्न अफवाह फैलाउने काम भइरहेको भन्दै उहाँले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो। नेपालले आवश्यक सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उहाँको दाबी छ।

अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्बाट भएको क्षति र त्यसपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना जस्ताको तस्तै बनाउने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील र दिगो पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो।

त्यस्तै, मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न चाहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री बनेकै दिनदेखि नीतिगत सुधारको काममा लागिरहेको उहाँको भनाइ छ।

उहाँले नेपालको अर्थतन्त्रलाई थप बलियो बनाउन निजी क्षेत्रको लगानी बढाउने, नीतिगत सुधार गर्ने तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपालको विश्वास कायम राख्ने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४