Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने कसरी पत्याउने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २५ २०८३
  • 399
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त व्यापारिक केन्द्रहरूलाई तीव्र गतिमा पुनर्निर्माण गरिसकेपनि सरकारी संचरना भने निर्माण हुन नसकेको बताउनुभएको हो ।

राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने अझै सुस्त रहेको उहाँको भनाई छ । सिंहदरबार र संसद लगायतका भवन हालसम्म पनि जस्ताकोतस्तै रहेको बताउनुभयो ।

राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण पनि प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने र ? उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरु आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्, निजी क्षेत्रको त्यो उर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु जलेको सिंहदरबार र गृहमन्त्रालय अझै उस्तै बेवारिसे देख्छु । यसपालिको बजेट नै नयाँ संसद हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरु राखिराखेको छु । राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसदकै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? के–के नीतिगत र व्यावहारिक कमजोरीहरु छन्, त्यो पत्ता लगाउँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाउँ, विफोर ईटस् टु लेट ।’

उहाँले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४