Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इटहरी प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २३ २०८३
  • 779
    SHARES

काठमाडौं । बाल यौन दुरुपयोग मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल भन्ने कुलबहादुर कार्की रहेका छन् । उनी भदौ ५ गतेदेखि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार कार्की मंगलबार बिहान अचानक बेहोस भएका थिए । बिहान करिब ४ः४५ बजे एक्कासि दाँत किटेर बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि इटहरीस्थित वेदान्त अस्पताल लगिएको थियो ।

वेदान्त अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रतिष्ठानमा उपचार भइरहेकै क्रममा उनको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कार्कीलाई हिरासतमा राखिएको अवस्थादेखि नै कानुनी प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान अघि बढिरहेको थियो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्काल अस्पताल पुर्‍याइएको र थप उपचारका लागि प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । मृत्युको वास्तविक कारण भने चिकित्सकीय परीक्षण तथा आवश्यक अनुसन्धानपछि थप स्पष्ट हुने बताइएको छ ।

कार्कीको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षण तथा आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४