Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदुषी याेगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन (सूचनासहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०८३
  • 798
    SHARES

काठमाडौं । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएको छ ।

विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार सूचना प्रकाशित गर्दै दुवै पदका लागि इच्छुक तथा योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो ।

समितिका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रथमपटक प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन आवेदन पेस गर्नुपर्नेछ ।

आवेदनका लागि आवश्यक लिंक विश्वविद्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । इच्छुक उम्मेदवारले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको आधिकारिक वेबसाइट मार्फत आवेदनसम्बन्धी आवश्यक विवरण प्राप्त गर्न सक्नेछन् ।

समितिले उपकुलपति पदका लागि कार्यविधिको अनुसूची–१(क) र रजिस्ट्रार पदका लागि अनुसूची–१(ख) मा तोकिएको ढाँचाअनुसार आवेदन पेस गर्नुपर्ने जनाएको छ ।

आवेदनका लागि आवश्यक शैक्षिक योग्यता, अनुभव, कागजात तथा अन्य मापदण्डसम्बन्धी विवरण समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्राप्त आवेदनमध्ये तोकिएको योग्यता तथा मापदण्ड पूरा गरेका उम्मेदवारलाई छनोट प्रक्रियामा सहभागी गराई उपकुलपति तथा रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरिने समितिले जनाएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयसीमाभित्र आवेदन पेस गर्न समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४