Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोक र धादिङसहित ३६ जिल्लामा आज आकस्मिक बाढीको जोखिम (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । सिन्धुपाल्चोक र धादिङसहित देशका ३६ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे। रसुवा र नुवाकोट भई बहने भोटेकोशी, त्रिशूली तथा स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको हाे। रसुवामा आएको बाढीपश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव शतर्कता तहभन्दा तल रहेता पनि उच्च शतर्कता अपनाउनुपर्ने देखिएकाे महाशाखाले जानकारी गराएकाे छ।

आइतबार दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे हाे। साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले तमोर, अरूण, भेरी, पश्चिम सेती र महाकाली लगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने जानकारी गराएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४