Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी अपडेट: मृतकको संख्या १२ सय ९४ जना पुग्यो, ५ हजार बढी अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०८३
  • 570
    SHARES

काठमाडौं । रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ साढे ६ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९४ पुगेको हाे जनाएकाे हाे । प्राधिकरणका अनुसार, बाढीका कारण सबै भन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।

विपदमा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका सात हजार ९३१ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सहभागी हुन् । हालसम्म कुल १३ हजार ९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार मात्रै त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनालाई जीवितै उद्धार गरिएको हाे ।

प्राधिकरणको विवरण अनुसार अझै पाँच हजार ५३ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा रसुवाका दुई हजार १३० जना, नुवाकोटका दुई हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका हुन् । नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकोप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याएका छन् ।

बाढीबाट घाइते भएका ५ हजार ६ सय ६३ जनाको उपचार गरिएको हाे । जसमध्ये तीन हजार २६६ जनाको नेपाली सेना, दुई हजार ८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ। प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जनाले आश्रय लिइरहेकाे जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४