Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरुको सङ्ख्या बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार तथा पुनःस्थापना गर्न दाताहरुले राहत कोषमा रकम दाखिला गर्ने क्रम बढ्दै गएको हो ।

गुल्मीः भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि गुल्मीका स्थानीय तहले रु एक करोड ४७ लाख ४३ हजार ४३ सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय तहले आफ्ना कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकको पारिश्रमिकबाट रकम जुटाएर सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।

सत्यवती गाउँपालिकाले रु ३० लाख ६८ हजार ३९१, इस्मा गाउँपालिकाले रु २१ लाख एक हजार ६९६, रुरु क्षेत्र गाउँपालिकाले रु २६ लाख ७५ हजार र कालीगण्डकी गाउँपालिकाले रु १९ लाख ५५ हजार १५६ सहयोग गर्ने भएका हुन् ।

चन्द्रकोट गाउँपालिकाले रु १४ लाख, धुर्कोट गाउँपालिकाले रु १३ लाख ३७ हजार, रेसुङ्गा नगरपालिकाले रु १० लाख, गुल्मी दरबार गाउँपालिकाले रु पाँच लाख, मदाने गाउँपालिकाले रु चार लाख पाँच हजार ८०० र मालिका गाउँपालिकाले रु तीन लाख सहयोग गर्ने निर्णय गरेका हुन् ।

सुनसरीः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले भोटेकोशी बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग गरेको छ । प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारी (पेन्सनर०)ले एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन सहयोग स्वरूप रकम उपलब्ध गराएको प्रमुख मोहनकुमार राईले जानकारी दिए ।

विराटनगरः विराट ग्रुप, विराट नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ७२ लाख दाखिला गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम राहत कोषमा दाखिला गरिएको विराट ग्रुपका अध्यक्ष प्रा डा ज्ञानेन्द्र मानसिंह कार्कीले जानकारी दिए । कोषमा ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सङ्कलन गरिएको थियो ।

भक्तपुरः भक्तपुरका दुई वटा विद्यालयले रु नौ लाख पाँच हजार ३०४ राहत सङ्कलन गरेका छन् । रसुवामा गएको बाढी पीडितको राहतका लागि एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले उक्त रकम सङ्कलन गरेका हुन् । एभरेस्ट इङ्लिस स्कुलबाट रु छ लाख २३ हजार ४४ र एभरेस्ट भक्तपुर स्कुलबाट रु दुई लाख ८२ हजार २६० आज प्रधानमन्त्री राहत कोषमा दाखिला भएको सो विद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४