Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०८३
  • 1K
    SHARES

चितवन । बाढीपहिरोपछि दूषित पानी तथा प्रदूषित वातावरणका कारण आँखामा विभिन्न प्रकारका समस्या देखिन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले बाढीपछि दूषित पानी र वातावरणको प्रत्यक्ष सम्पर्कमा आउँदा आँखामा सङ्क्रमणको जोखिम बढ्ने बताउनुभएको छ।

उहाँका अनुसार दूषित पानीका कारण आँखामा रातोपन, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने तथा दृष्टि धमिलो हुनेजस्ता समस्या देखिन सक्छन्। बाढीका कारण हिलो, फोहोर तथा दूषित पानीको सम्पर्कमा आउने मानिसमा यस्ता समस्या देखिने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ।

विशेषगरी भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रका नागरिक प्रभावित भएकाले उनीहरूले आँखाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने डा. श्रेष्ठले बताउनुभएको छ।

उहाँले आँखामा कुनै पनि प्रकारको असहजता वा समस्या देखिएमा ढिला नगरी तुरुन्तै आँखा परीक्षण गराउन सुझाव दिनुभएको छ।

दूषित पानीबाट आँखालाई जोगाउन आग्रह

बाढीको समयमा सफा पानीको अभाव हुने तथा मानिसहरू दूषित पानी र हिलोको सम्पर्कमा आउनुपर्ने अवस्था हुन्छ। यस्तो अवस्थामा सकेसम्म आँखालाई दूषित पानी तथा प्रदूषित वातावरणको प्रत्यक्ष सम्पर्कबाट जोगाउन चिकित्सकले आग्रह गरेका छन्।

दूषित पानी आँखामा परेमा सकेसम्म सफा पानीले तत्काल आँखा सफा गर्नुपर्ने र समस्या देखिएमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने डा. श्रेष्ठको सुझाव छ।

आँखा रातो भएको, अत्यधिक चिलाएको, सुन्निएको, पिप आएको वा दृष्टि धमिलो भएको अवस्थामा आफैं औषधि प्रयोग नगरी विशेषज्ञ चिकित्सकबाट परीक्षण गराउनु उचित हुने बताइएको छ।

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार

यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराउन थालेको छ।

अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका सभापति जयराम श्रेष्ठका अनुसार सङ्घद्वारा सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रबाट बाढी प्रभावित नागरिकलाई निःशुल्क सेवा प्रदान भइरहेको छ।

भरतपुर आँखा अस्पतालसँगै धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरिनटार तथा तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र सञ्चालनमा रहेका छन्। प्रभावित नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा गएर आँखा उपचार सेवा लिन सक्ने श्रेष्ठले बताउनुभएको छ।

आवश्यक परे प्रभावित क्षेत्रमा निःशुल्क शिविर

बाढी प्रभावित क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकले अस्पतालसम्म आउन कठिनाइ भोग्नुपर्ने अवस्था भएमा प्रभावित स्थानमै स्वास्थ्य सेवा पुर्‍याउने तयारीसमेत गरिएको छ।

सभापति श्रेष्ठका अनुसार प्रभावित क्षेत्रमा आँखा उपचार शिविरको आवश्यकता देखिएमा एकल रूपमा वा अन्य सङ्घसंस्थासँग सहकार्य गरेर निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

बाढी तथा पहिरोपछि खानेपानी, सरसफाइ र स्वास्थ्य सेवामा समस्या आउन सक्ने भएकाले आँखासँगै समग्र स्वास्थ्य सुरक्षामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्।

बाढीपछि आँखामा सामान्य समस्या देखिए पनि बेवास्ता नगर्न र समस्या बढ्दै गएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर आँखा परीक्षण गराउन चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४