Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १७ २०८३
  • 931
    SHARES

काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा आइपरेको महाविपद्को सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताउनुभएको छ ।

उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर प्रशंसनीय भुमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज र आम जनतालाई विश्वासमा लिएर परिचालन गर्न नसकेको उहाँको टिप्पणी छ ।

संयोजक दाहालले केवल सेनाको परिचालनले मात्र समस्याको वास्तविक समाधान नहुने उल्लेख गर्नुभयो ।

उहाँले संघीय, प्रादेशिक र स्थानीय सरकारका साथै जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय हुन नसकेकोमा चासो व्यक्त गर्नुभयो ।

संयोजक दाहालले विपद्को शुरुवाती दिनमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सेना परिचालन भए पनि जनपरिचालन हुन सकेन । जनपरिचालन नहुँदासम्म यस्ता महाविपत्तिको सामना गर्नु असम्भव जस्तै हुन्छ । मैले पटक–पटक सरकार र सम्बन्धित पक्षलाई सेना परिचालनसँगै जनपरिचालन जोड्न र तीनै तहका सरकारबीच समन्वय कायम गर्न आग्रह गर्दै आएको छु । अहिले आम मानिस र जनप्रतिनिधिहरूबाट सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध टुट्दा समस्या झन् जटिल बनेको छ ।’

फिल्डमा रहेका जनप्रतिनिधि र आम नागरिकको गुनासो उद्धृत गर्दै उहाँले सरकार उद्धार कार्यमा सफल हुन नसकेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४